काठमाडौं / नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको कोलम्बोमा आज भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक)सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।






































