काठमाडौं /  बायोमेट्रिकको नाममा  एक मजदुरमाथि पूर्व डीएसपी गोविन्द्र थपलियाले ५ करोड ठगी गरेको सार्वजनिक भएको छ । डीएसपी थपलियाले ग्रिल व्यावसायी हरि कुमार श्रेष्ठमाथि ठगी गरेको खुलेको हो । प्रहरीको सेवाबाट अवकाश लिएका उनले  आफ्नै कृषि फर्ममा काम गराएको करोडौं भुक्तानी दिन आनाकानी गरेको आरोप छ ।  पीडित श्रेष्ठका अनुसार यतिमात्र होइन आफूले पाउने रकम माग्न जादा उल्टै गुण्डा लगाएर कुटपिट गर्ने धम्की समेत दिएका छन् ।  पीडित बनेका श्रेष्ठले  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थपलियाको कारण ज्यानै खतरामा रहेको भन्दै उजुरी समेत दिएका छन् । 

श्रेष्ठले विभिन्न शीर्षक अन्तर्गत झण्डै पाँच करोड बढी पाउन बाँकी रहेको छ ।
२०२० जनवरी २९ का दिन बंगुर पालनका लागि खोर तथा कम्पाउन्ड निर्माण गर्न ६७ लाख ६९ हजार ९ सय २० रुपैयाँमा निर्माण गर्ने गरी ग्रामीण कृषि सेवा प्रालिका तर्फबाट गोविन्द थपलिया र न्यु कालिका ग्रिल तथा सोलार फिल्टर कन्स्ट्रक्सनका तर्फबाट हरिकुमार श्रेष्ठ सम्झौता भएको थियो ।

OM Sai Pathibhara Hospital

सम्झौता भनिए अनुसार थपलियाले बढी-बढी काम गराउँदै आफूलाई कम पैसा दिएको पीडित श्रेष्ठ बताउँछन् । श्रेष्ठले अहिले सम्म “९ करोड १३ लाखको काम गरेको तर ३ करोड ६८ लाख मात्र पाएका छन् ।  उनले बाँकी रकम माग्दा  थपलियाले ज्यानै लिन खोजेको बताए । 

पीडित श्रेष्ठले आफ्नो हिसाब किताब नगरिएको दावी गर्दै यसअघि जिल्ला प्रशासन कार्यालय काभ्रेमा पनि निवेदन दिएका थिए , उनले श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम कार्यालयमा पनि उजुरी दिएका छन् ।

यता थपलिया भन्छन् शुरुमा ६७ लाख रुपैयाँको सम्झौता भएको र पछि १ करोड बढी दिएको आरोप छ ।

पीडित हरि कुमार श्रेष्ठले दुबै पक्षका इन्जिनियर राखेर नापजाँच गरी निस्केको हिसाब लिन आफू तयार रहेको बताउँदै यसअघि निर्माण भइसकेका ४ वटा ठूला खोर थपलियाले भत्काएर समान समेत गायब पारेको आरोप लगाए ।