बिर्तामोड / साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य १३ सयले घटेको छ । सोमबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।