झापा / पाँचथरको फिदिम-२ साराङ्गेमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको को १ ज २८४६ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परि सुनसरीको इटहरी उपमहानगरपालिका-५ की ४५ वर्षीया मैयाँ थापा मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ भने दुर्घटनामा परेर ४० वर्षीया सम्झना दर्जी, २९ वर्षीया सुजता शिवा, ४८ वर्षीया इन्द्रबहादुर कामी, झापाको अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय कमल राई, चाकल धनकुटाको हिलेका प्रकाश तामाङ पनि घाइते भएका छन् । उनीहरूको समर्पित अस्पताल फिदिममै उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।