बिर्तामोड / अन्तराष्ट्रिय बजारमा रुस–युक्रेन युद्धका कारण कोइलाको मूल्य आकासिएपछि नेपालमा उर्जा संकट सुरु भएको छ ।

सुख्खायाममा भारतबाट विजुली आयात गरी मुलुकको लोडसेडिङ हटाउन सफल विद्युत प्राधिकरणले महङ्गोमा विजुली किनेर सस्तोमा बेच्ने अवस्था आएपछि दैनिक ९ घण्टा सम्म लोडसेडिङ गर्न थालेको हो ।

OM Sai Pathibhara Hospital

उपभोक्ताको घरसम्म नै पुग्ने गरी लोडसेडिङ गर्दा निकट रहेको निर्वाचनमा असर पर्ने देखिएपछि सत्तारुढ दलको सल्लाहमा विद्युत प्राधिकरणले उद्योगलाई दिँदै आएको बिजुलीमा कटौती गर्न सुरु गरेको हो ।

भारतीय बजारमा बिजुलीको मूल्य उकासिएर प्रति युनिट ३८ रुपैयाँ सम्म पुगेपछि भारतबाट आयात घटाउन प्राधिकरणले उद्योगमा विजुली कटौती गरेको हो । अभियोगीको दबावपछि महङ्गोमा किनेर विद्युत दिँदै आएको प्राधिकरणले प्राधिकरण नै डुब्ने अवस्था आउने भएपछि सुचना नै जारी गरेर दैनिक ९ घण्टा विद्युत कटौती गर्न थालेको हो ।

प्राधिकरणले भारतीय बजारमा बिजुली नपाएको भन्दै शनिबार र आइतबार साँझ ६ बजेदेखि बिहान ३ बजे सम्म विद्युत कटौती गरेको थियो ।

उद्योग वाणिज्य महासङ्घले अयौगिक क्षेत्रमा प्राधिकरणले विद्युत कटौती सुरु गरेको जनाएको छ । कोरोनाका कारण थिलथिलो बनेको अर्थतन्त्र तंग्रिन लागेका बेला मंगलबारबाट नै सुरु भएको उर्जा सङ्कटले समस्या थपिएको जानकारी गराएको छ । भैरहवा वीरगन्ज क्षेत्रमा रहेका उद्योगमा विद्युत संकट सुरु भएको महासंघले जनाएको छ ।

भारतमा विद्युतको मूल्य प्रति युनिट ३८ रुपैयाँ सम्म पुग्दा प्राधिकरणले ३८ रुपैयाँमा खरिद गरेर उद्योगलाई प्रति युनिट ९ रुपैयाँमा बेच्न नसकिने केही दिन अघि पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो ।

सरकारले युद्धका कारण इन्धनमा घाटा ब्यहोरिरहेको बेला विध्युतमा समेत घाटा बेहोर्नुपर्ने अवस्था आएपछि विद्युत कटौती गर्न प्राधिकरणलाई ग्रिन सिंग्नल दिएको अनुमान गरिएको छ ।

उद्योगीलाई विध्युत अभाव हुन नदिने बताउने गरेका अर्थमन्त्री, ऊर्जामन्त्री र प्रधानमन्त्रीको भनाई विपरीत प्राधिकरणले विध्युत कटौती थालेकाले सरकारकै दोहोरो चरित्र भएको उद्योगीले दावी समेत गरेका छन् ।