बिर्तामोड /  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवन आज उद्घाटन भएको छ ।  सोमबार प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन  गरेका  हुन् । भवन प्रदेश १ को सरकार र बिर्तामोड नगरपालिकाको सहयोगमा निर्माण भएको हो ।

भवन निर्माणका लागी  १ नम्बर प्रदेश सरकारले एक करोड ८८ लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाले अनारमनी-३ स्थित बिर्ताबजार उत्तरमा ६ कठ्ठा जमिन उपलब्ध गराएको थियो । भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने ट्राफिक प्रहरीलाई विगतदेखि नै सहयोग गर्ने मानिसहरूलाई सम्मान गरिएको  छ । भवन एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा  भवन निर्माण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाँईले बताएका छन् ।

OM Sai Pathibhara Hospital

ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गर्नका लागी २०७६ साल जेठ ९ गते शृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गरि  काम अघि बढाइएको थियो ।