बिर्तामोड / भारतमा अर्बौ रुपैंया ठगी र कर छलीमा मुछिएपछि नेपाल आएर विराटनगरमा आरती स्ट्रिप्स नामको उध्योग नै स्थापना गरी संचालन गर्दै आएका भूषण ग्रुपका संचालक आरती सिंघल भारतमा पक्राउ परेकी छन् ।

OM Sai Pathibhara Hospital

नेपालकै ठूलो उध्योगका रुपमा चिनिएको स्टिल उध्योगका संचालक भारतमा अर्बौ रुपैंया ठगी र करछलीको मुद्धामा पक्राउ परेको भारतबाट प्रकाशित हुने ईकोनोमिक टाईम्सले जनाएको छ ।

भारत सरकार मातहतको गम्भिर ठगी अनुशन्धान कार्यालय ( एसएफआईओ ) भारतको भूषण पावर एण्ड स्टिल लिमिटेलड ९ बिपीएसएल ० का पूर्व उपाध्यक्ष समेत रहेकी सिंघललाई पक्राउ गरेको हो ।


गम्भिर ठगी अनुशन्धान कार्यालयले अनुशन्धान थाले लगत्तै सिंघल नेपालमा आफ्ना पति संजय सिंघलसँगै लुकेर बस्दै आएकी थिईन । उनले भूषण पावर डुबेपछि भूषण पावरको अर्बौ रुपैंया पैसा गैरकानुनी बाटो बाट नेपाल ल्याएर विराटनगरमा देशकै ठूलो स्टिल उध्योग आरति स्ट्रिप्स स्थापना गरी संचालनमा ल्याएको भारतीय अनुशन्धान अधिकारीको भनाई छ ।

सिंघलको लगानी र आयस्रोतको विषयमा नेपालका सरकारी निकायमा समेत उजूरी परेको थियो । तर राजनितीक संरक्षणका कारण उनी र उनका पति संजयले संचालन गरेको आरती स्ट्रिप्स खरिद बिक्रीको खेलमा लाग्ने लाभकर छलीको विषयमा अझैसम्म पनि छानविन हुन सकेको छैन ।

आरती स्ट्रिप्सकी संचालक समेत रहेकी सिंघल र उनका पति संजयलाई कांग्रेस भित्रको कोईराला परिवार सहित मोरङमा रहेका राजनितिक दलका शिर्ष नेताको संरक्षण रहेको मानिने गरेको छ । राजनितीक संरक्षणकै कारण नेपालमा उनी कारवाहीबाट जोगिदै आएका थिए ।

वर्षौ देखि लुकेर नेपालमा बसी अर्बौ रुपैंयाको व्यापार गर्दै आएका सिंघल पक्राउ परेको सार्वजनिक भएसँगै उनका विषयमा केन्द्रिय अनुशन्धान व्यूरो सहितका अन्य सरकारी निकायले पनि एक साथ अनुशन्धान अघि वढाएको ईकोनोमिक टाईम्सले जनाएको छ ।

यसअघि भारतीय प्रहरीले आरतीका पति संजय सिंघललाई पनि ९० दिन पक्राउ गरेर मुद्दा चलाएको थियो । संजय र उनकी पत्नी आरतीका विषयमा भारतीय सरकारले सरकारी अनुमति विना विदेश जान रोक समेत लगाएको थियो ।

भारतीय सरकारी निकायको आदेश अवज्ञा गरी नेपालमा आएर लुकुछिपी बस्दै आएका उनीहरुलाई सो सरकारी निर्देशनको अवज्ञा गरेको समेत अभियोग लगाईएको छ ।

भूषण पावरका विषयमा भारतीय अनुशन्धान निकायले छानविन गरी २८५ जना माथि अर्बौ अपचलन र करछलीको अभियोग लगाएको छ । सन् २०१९ बाट सुरु भएको अनुशन्धान अहिलेपनि जारी नै रहेको छ ।