काठमाडौं / निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । नामावलीको अन्तिम तयारी भइरहे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । 

यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आयोगले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो । आयोगले मतपत्र छपाइको मेसिन खरिद गरे पनि उक्त मेसिनबाट सम्भव नहुने बताइएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।