काठमाडौँ / जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक तथा सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । 

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।

OM Sai Pathibhara Hospital

साह नगरपालिकाको युवा क्लब उद्घाटन कार्यक्रममा जाँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो । 

झडपमा परी शाहको टाउको फुटेको छ भने उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि जनमतका कार्यकर्ताले कुटपिट गरेका छन् । उनीहरु दुबै जनाको लबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।