तेह्रथुम  /  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तेह्रथुममा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सुरु गरेको छ  । 

कांग्रेसले गत निर्वाचनमा ६ वटा स्थानीय तह मध्ये एउटा पालिका मात्रै जितेकोमा आसन्न निर्वाचनमा भने सबै पालिका जित्ने तयारीका साथ कार्यकर्ता भेटघाट सुरु गरेको हो । 

OM Sai Pathibhara Hospital

गत निर्वाचनमा  कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क)(ख) साथै संघीय सांसदसमेत गुमाएको थियो ।

यही ३० बैशाखमा हुन गई रहेको निर्वाचनमा सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र र सङ्घमा जित सुनिश्चित गर्न कंग्रेसले पार्टीका शुभेच्छुक र कार्यकर्ताहरूसँग भेटघाट र अन्तरकृया बढाउन थालेको हो ।

अभियानमा केन्द्रीय सदस्य सिता सुरुङसहित महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला सभापति पूर्व जिल्ला सभापतिलगायत जिल्ला, क्षेत्र, पालिका र वडास्तरका नेता तथा कार्यकर्ताहरू अभियानमा जुटेका छन ।