पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह विगतका वर्ष झै यसपटक पनि नयाँ वर्ष मनाउनका लागि झापा आइपुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह चन्द्रगढी विमानस्थल हुँदै झापाको दमक स्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टि स्टेट आइपुगेका हुन् ।

OM Sai Pathibhara Hospital

नयाँ वर्ष मनाउनका लागि पूर्वराजा – रानि आफ्ना सहयोगी र सुरक्षाकर्मी सहित दमक आइपुगेका हुन् । पूर्वराजा रानीको आगमनमा स्वागतका लागि सयौ सर्वसाधारण विमानस्थल सम्म नै पुगेका थिए ।