काठमाडौँ / विशेष कारणले पटका पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्न लागेको छ ।  

प्रदेशसभा सचिवालयका अनुसार  बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।