बिर्तामोड  / नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६०० रुपैयाँले बढेको हो। 

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँ कायम भएको छ।  हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

OM Sai Pathibhara Hospital

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।