काठमाडौं \ आगामी बैशाखमा ३० गते हुने स्थानीयको निर्वाचनका लागी निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहीबार  पत्रकार सम्मेलन गर्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने जानकारी दिएका हुन् ।

उनले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र छापिने बताएका छन् ।
मतपत्र छपाइको लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको अर्यालले बताए ।