झापा / राजश्व अनुसन्धान कार्यलय इटहरीले झापाको मेची भन्सार कार्यालयबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । 

कम भन्सार मूल्याङ्कन गरेर भन्सार कार्यालयकै मिलेमत्तोमा कर छली गरेर ल्याएको पाइएपछि राजश्व कार्यलयले ट्रक नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

राजश्व कार्यलयले ना६ख ५८३ र प्रदेश –१ –०२००१ख ९५२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यलय इटहरीले जनाएको छ । 

ट्रकमा तीन करोड मूल्य भन्दा बढीको लत्ताकपडा र जुत्ताचप्पल रहेको मेची भन्सार कार्यालय स्रोतले जनाएको छ । भक्तपुर स्थित प्रतिक्षा ट्रडसको नाममा ल्याइएको उक्त सामान राजश्व कार्यलयले बुधबार साँझ पाँच बजे ट्रकसहित राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको बताइएको छ ।