काठमाडौँ / नागरिक उड्डयन  तथा संस्कृति, पर्यटन मन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारत भ्रमणका लागी जाने भएका छन् ।

भारतको हैदरावादमा भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा उनी सहभागी हुन जान लागेका हुन् । शुक्रबार हुने कार्यक्रमको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने तय भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन र विकासका क्षेत्रमा तथा बढीभन्दा बढी नेपालमा पर्यटक भित्र्याउन र भारतसँग सिमाना जोडिएका  विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेल गायत आवश्यक सहयोगका विषयमा बोल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका डीडीजी हंसराज पाण्डेयले बताएका छन् ।