धनुषा / बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले पदबाट राजीनामा दिएका छन् । 

साहले नेपाली कांग्रेसको तर्फबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन एसएसपीको पदबाट राजिनामा दिएका हुन् ।

OM Sai Pathibhara Hospital

साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको छ । राजीनामा दिएर गृह जिल्ला धनुषा पुगेका शाह संघीय प्रहरी कार्यालय घरानमा कार्यरत थिए ।

२०७७ पुसमा एसएसपीमा बढुवा भएका साहले २०४९ चैत्रबाट प्रहरी निरीक्षक (इनिस्पेक्टर)बाट सेवा थालेका हुन् । 

उनका इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । आफ्नो भने डीआईजीमा पनि बढुवा हुने सम्भावना नदेखिएपछि जागिर अवधि १३ महिना बाँकी रहँदै राजिनामा दिएर राजनीतिमा लागेको नले बताए । 

उनी अहिले नगरपालिकामै रहेर चुनावको तयारी गरिरहेका छन्।