काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् । 

माओवादी केन्द्र घोराही उपमहानगरपालिकाको कमिटी अध्यक्ष समेत रहेका शर्माले मंगलबार बिहान समाजिक सञ्जाल फेसबुक मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले फेसबुक मार्फत माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

शर्माले आगामी दिनमा एक स्वतन्त्र नागरिकको रूपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने गरी अगाडि बढ्ने समेत प्रतिबद्धता जनाएका छन् ।