काठमाडौं / निर्वाचन आयोगले निर्वाचन लक्षित ल्याएको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आचारसंहिता विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका हुन् ।

स्थानीय निकायका जनप्रतिनिधिले उममेदवार बन्न आफू बहाल रहेको पदबाट राजिनामा दिनुपर्ने भनेर बनाएको प्रावधान संविधान विपरीत भएको भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

OM Sai Pathibhara Hospital

दायर रिटमा निवेदनमा जनप्रतिनिधिले चुनाव अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रावधान बदर गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतले दायरका रिटका विषयमा दर्ता गर्ने–नगर्ने बारे अध्ययन भइरहेको जनाएको छ ।