इलाम  /  नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ । 

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकामा एमालेले सभा गरेको हो । 

OM Sai Pathibhara Hospital

सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू सहभागी छन् । नेम्वाङको गृहजिल्ला पनि इलाम नै हो। 

एमालेले अब लगातार विभिन्न जिल्लामा सभा आयोजना गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । चुनाव केन्द्रित गतिविधि गरिरहेको एमालेको सोमबार पोलिटब्युरो बैठक बस्दैछ ।

९ र १० चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको एमालेले १३ चैतमा स्थायी कमिटी बैठक बोलाएको छ ।