बिर्तामोड / शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह परिवारका सदस्य सहित झापाको दमक स्थित आफ्नै परिवारको स्वामित्व रहेको हिमालय टी स्टेटमा नयाँ वर्ष मनाउने आउने कार्यक्रम तय भएको छ ।

पूर्व राजपरिवारको निजी सचिवालयले दमकमा नयाँ वर्ष मनाउने तय भएको जनाएको हो । हरेक वर्ष एक पटक टी स्टेटमा आएर आफू निकटका व्यक्ति र समर्थकसँग भेट गर्ने गरेका छन् । सचिवालयले चैत्र ११ गते शुक्रबार दिउँसो हवाईमार्ग हुँदै चन्द्रगढी विमानस्थल भएर दमक जाने कार्यक्रम तय भएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

झापामा रहँदा यो वर्ष पनि केही पूर्वी पहाडी जिल्ला र तराईका जिल्लाको भ्रमण समेत गर्ने पूर्व राजपरिवार निकट स्रोतहरूले जानकारी गराएका छन् ।

एक नम्वर प्रदेश र दुई नम्वर प्रदेशमा रहेका मठ मन्दीर र देवालयमा पुजा आर्चना गर्ने क्रममा सर्वसाधारण सँग भेट गरी जनताको विषयमा विगतमा जसरी नै जानकारी लिने गरी भ्रमण तालिका बन्ने पूर्वराजपरिवार निकट स्रोतहरुले वताएका छन् ।

पूर्वराजा र रानी परिवारका सदस्य सहित उहाँको सुरक्षा र कन्भेसहितको टोली सोमबार नै झापा आईपुग्ने कार्यक्रम रहेको छ ।