बिर्तामोड / माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका प्रदेश सभा सदस्य ठम्मर बहादुर विष्टलाई निलम्बन गरेका छन् ।

शाही एक विज्ञप्ति निकाल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितको अभिव्यक्ति र गतिविधि गर्दै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेपनि दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा फर्कन गरेको निर्देशनको अवज्ञा गरेको हुनाले सदस्यबाट निलम्बन गरेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

त्यसअघि माओवादी केन्द्रको कर्णाली प्रदेशको गत चैत ३ गते बसेको बैठकले विष्टलाई राजीनामा फिर्ता लिई पार्टीको काममा क्रियाशील रहन निर्देशन दिएको थियो ।