मकवानपुर / हेटौंडा उपमहानगरपालिका –१६ स्थित शिवम् सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भएका अन्दाजी २० वर्षीय रकिव अख्तर रहेका छन् । 

OM Sai Pathibhara Hospital

गत बिहीबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर अख्तर घाइते भएका थिए ।

घाइते अख्तरको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।