चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आशमान तामाङले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ्ग नदल्न आग्रह गरेका छन् ।
होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो ।
सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ्ग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादक पदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ ।
राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाल लगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ । कसैले अवाञ्छित एवं उच्छृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।
मोटरसाइकलमा दुईजना भन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागूऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।