झापा / कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिने एकजनालाई अदालतले २ महिना कैद सजाय सुनाएको छ ।

सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै ती युवकलाई उच्च अदालत दिपायलले २ महिना कैद सजाय सुनाएको हो ।

OM Sai Pathibhara Hospital

उच्च अदालत दिपायलका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ ।

२७ वैशाख २०७७ मा कैलाली बोराडाँडीका ओमप्रकाश पाण्डेले फेसबुक पेजमार्फत मेयर वडलाई लक्षित गर्दै ‘जात करे उत्पात भनेको यही हो’ भन्दै सामाजिक सञ्जालमा लेखेर जातीयरूपमा विभेद गरेको भन्दै उजुरी परेको थियो । त्यति बेला पतिराम सोवसहित ४ जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । सो मुद्दामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई ५ सय रुपैयाँ जरिवाना मात्र गरेको थियो ।

उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई २ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । कैलाली जिल्ला अदालतले पुरानो कानुनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ ।