काठमाडौँ /  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी चुनावमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने बताएका छन् ।

नेकपा एमालेको सातौँ धनुषा जिल्ला अधिवेशनलाई सोमबार जनकपुरधाममा उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी चुनावमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्ध उभिने पार्टी बनेर देखाउने बताएका छन् । 

उनले नागरिकता सम्बन्धी समस्या एमालेले समाधान गर्न चाहँदाचाहँदै पनि विरोधीहरूले समाधान गर्न नदिएको आरोप समेत लगाएका छन् ।