काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बाग्मती प्रदेशसभाका सांसद रमेश पौड्याल सहित २६ जना केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीबाट हटाएका छन् । 

गएका चार वटा केन्द्रीय समितिका बैठकहरूमा लगातार अनुपस्थित रहेकाे, बारम्बार लेभीका लागि अनुरोध गर्दा पनि लेभी नबुझाएकाे र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै २६ जना केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।