काठमाडौं  / आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।

बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न ३ बजे बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने छ । 

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।

स्थानीय निर्वाचन आउन दुई महिना बाँकी छ । निर्वाचन अभियान आक्रामक ढंगले सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।