काठमाडौं / नेपाल र साउदी अरबबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज द्विपक्षीय वार्ता हुँदैछ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

OM Sai Pathibhara Hospital

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आजै नेपाल र साउदीबीच जनरलको अप्रेसन सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज गर्नेछन् । आजै अपराह्न विदेशमन्त्री फैसल स्वदेश फर्कनेछन् ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी निजी विमान मार्फत सोमबार नेपाल आएका हुन् ।