काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरूले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । 

निर्वाचनका समयमा दलहरूले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । 

OM Sai Pathibhara Hospital

निर्वाचनको समयमा मात्रै दलहरू सक्रिय हुने गरेको बताउँदै उनले भने, –“विकास गरौँ, जनताको पक्षमा काम गरौँ, जनताले हाम्रा काम हेरेर मत दिन्छन् ।” 

बागलुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरूको एउटै धारणा हुनुपर्नेमा जोड दिए ।