झापा / नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सबै जिल्लाको अधिवेशन सम्पन्न भएको छ । 

६१ जिल्लामा महाधिवेशन अघि नै अधिवेशन सम्पन्न भएपनि १६ वटा जिल्लामा भने विवादका कारण अधिवेशन हुन सकेको थिएन । बाँकी रहेका १६ जिल्लाको अन्तिम नतिजा आएसँगै ७७ वटै जिल्ला अधिवेशन सकिएको​​ कांग्रेस केन्द्रीय निर्वाचन समित सदस्य सिताराम केसीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

१४औँ महाधिवेशन गत मंसिर अन्तिम साता नै सम्पन्न भइसके छ । ७७ वटै जिल्लाको अधिवेशन भइसक्दा पार्टी सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । 

कृष्ण सिटौला, विमलेन्द्र निधिसहित सभापति देउवा पक्षले ४४ जिल्ला सभापति जितेको छ भने ३३ जिल्लामा रामचन्द्र पौडेलसहित शेखर कोइराला पक्षले जितेको छ ।  

देउवा पक्षले सभापतिमा लमजुङ, सल्यान, डोल्पा, डडेल्धुरा, म्याग्दी, ताप्लेजुङ, मुगु, पाँचथर, मनाङ, हुम्ला, बझाङ, रामेछाप, जुम्ला, जाजरकोट, डोटी, रूकुम, ओखलढुंगा, झापा, बागलुङ, पर्वत, इलाम, सुर्खेत, रूपन्देही, कास्की र काभ्रेमा जितेको छ । 

त्यस्तै तनहुँ, ललितपुर, कञ्चनपुर, उदयपुर, भक्तपुर, बर्दिया, सोलुखुम्बु, रसुवा, धनकुटा, कैलाली, मकवानपुर, पर्सा, सर्लाही, सिन्धुपाल्चोक, धनुषा, रौतहट, अछाम, बारा र सिरहामा पनि देउवा पक्षको जित भएको छ । 

शेखर पक्षले सभापतिमा प्युठान, अर्घाखाँची, रोल्पा, बैतडी, दोलखा, गोरखा, कालिकोट, सङ्खुवासभा, रूकुम, पूर्व, मुस्ताङ, भोजपुर, बाजुरा, तेह्रथुम, नवलपरासी, पाल्पा, स्याङ्जा, खोटाङ, दार्चुला, नुवाकोट, दाङ, दैलेख, गुल्मी, काठमाडौं, धादिङ, सुनसरी, कपिलवस्तु, मोरङ, चितवन, बाँके, नवलपुर, महोत्तरी र सिन्धुलीमा  विजयी हाँसिल गरेकाे छ ।