काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) ले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पार्टीका कार्यकारिणी समिति सदस्य प्रदीप यादवमाथिको कारबाही फिर्ता लिएको छ ।

जसपा केन्द्रीय समितिको काठमाडौंमा जारी बैठकले यादव माथिको कारबाही फिर्ता लिएको हो । 

OM Sai Pathibhara Hospital

अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका अनुशासनहीन काम गरेको भन्दै गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनलाई कारबाही गरेको थियो । उनलाई केन्द्रीय कार्यकारिणी सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।

गत १३ फागुनमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादव विरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो । उनी मधेस आन्दोलनको अगुवा हुन् ।