झापा / काठमाडौंको कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित दुईजना छन् । काठमाडौं महानगरपालिका-७ कालोपुल डेरा गरी बस्ने झापाका ३१ वर्षीय बिरेन कपाली र इलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच किलो अवैध लागूऔषध गाँजा बरामद भएको छ । प्रहरीले उनीहरूको कोठामा जाँच गर्ने क्रममा उक्त गाँजा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।