काठमाडौँ  / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सोमबार संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन् । 

रोजगारीका लागि पर्यटन भिसामा युएई पुगी अलपत्र परेका नेपालीहरूको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई जाने भएको हो । 

OM Sai Pathibhara Hospital

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का रहेका छन् । 

भिसामा लैजाने व्यक्ति र संस्थाहरूलाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । मन्त्री श्रेष्ठले मंगलबार भिजिट भिसा र भिसाबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संसाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछन् ।