काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रकाश सपुतको गीत  ‘पिर’ को विषयलाई लिएर कार्यकर्तालाई उत्तेजित नहुन आग्रह गरेका छन् । 

पार्टी प्रशिक्षणको सिलसिलामा धनगढी पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सपुतको गीत  ‘पिर’ को विषयलाई लिएर उत्तेजित नहुन कार्यकर्तालाई आग्रह गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने, – ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

प्रकाश सपुतको माओवादी जनयुद्धमा आधारित गीत सार्वजनिक भएपछि माओवादीका नेता तथा कार्यकर्ताले यसको विरोध गरिरहेका छन्।