सिन्धुपाल्चोक / नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर लामा विजयी भएका छन् ।

जिल्ला अधिवेशन अन्तर्गत आइतबार सम्पन्न दोस्रो चरणको चुनावमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई पराजित गर्दै लामा विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

देउवा पक्षका लामाले नौ सय १२ मत प्राप्त गरेका छन्भने कोइराला पक्षका तामाङले ८ सय ४८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । 

शनिबार भएको चुनावमा सभापतिका तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो । 

पहिलो चरणमा प्रेमध्वज लामा, वंशलाल र जंगबहादुरबीच प्रतिष्पर्धा भएको थियो । तीमध्ये धेरै भोट ल्याउने जंगबहादुर र बंशलालबीच दोस्रो चरणमा चुनाव भएको हो ।