काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि बुधबारदेखि छलफल हुने भएको छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आइतबार प्रतिनिधिसभा (संसद) को बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउनुको कारणसहित प्रस्ताव पेस गरेका थिए । 

OM Sai Pathibhara Hospital

सभामुख अग्निप्रसाद सापकोटाले आगामी बैठकमा सो प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन् ।

गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठको प्रस्ताव र सत्ता गठबन्धनका ९५ जना सांसदको समर्थनमा फागुन १ मा जबराविरुद्ध महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको थियो । 

संसद्मा गुरुङले प्रस्तावमा जबराका कारण कात्तिकदेखि माघसम्म न्यायालयबाट न्याय सम्पादन हुन नसकेको, भ्रष्टाचार, विकृति र विसंगति देखापरेको आरोप लगाएका छन् । 

प्रमुख प्रतिपक्ष एमाले भने यस विषयमा मौन छ । संसद् बैठकमा एमालेको अवरोधबीच सभामुख सापकोटाले महाभियोगका प्रस्तावक गुरुङलाई प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।