काठमाडौं / सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्ली इलेक्सनको सम्भावना नभएको बताएका छन् । 

नेकपा एमालेले संसद चल्न नदिएकाले अर्लि ईलेक्सनको भ्रम फैलाईएको भन्दै  आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो अब सम्भव नभएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

संसदको चुनाव नियमित तालिकामै हुने भन्दै दाहालले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भईसकेकाले सोही अनुसार प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

उनले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि संलग्न गराउने सहमति भईसकेको बताए।

एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर काँग्रेस भित्र्याउने सहमति भएको उनको तर्क रहेको छ ।