२८ फाल्गुन सर्लाही ।।सर्लाहीका कर्मचारी मिलन केन्द्रको रामदरेश रायको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसहमत चयन भएको छ । 

लालबन्दी नगरपािलकाको नवलरपुर स्थित उष्ण प्रदेशीय बागवानी केन्द्र मा मिलन केन्द्रले आयोजना गरेको वनभोज सहितको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो । 

OM Sai Pathibhara Hospital

समितिका बरिष्ट उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, उपाध्यक्षमा  वन अनुसंधान निर्देशक गोपाल प्रसाद गौतम, सचिवमा निमित्त इकाइ प्रमुख सुनिल कुमार कुशवाहा, सह–सचिव नापी अधिकृत ममता कुमारी यादव, कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक रामस्वार्थ महतो चयन भएका छन्। 

यसैगरी सदस्यमा  बरहथवा नगरपालिकाका प्र.अ. संजय मैनाली, जिल्ला सरकारी वकिल कार्यालयका अधिकृत रमेश पोखरेल, 

डि.ई. विजय रेग्मी, नापी कार्यालय, हरिवनका छत्र बहादुर लुंगेली, घरेलु तथा साना उधोग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ता

जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नन्दकिशोर कुशवाहा, उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख पदम प्रसाद अधिकारी, नेपाल विधुत प्राधिकरण,  मलंगवाका ई.रञ्जय कुमार महतो, जिल्ला प्रशासन कार्यालयका प्र.अ. राजकुमार थापा, नेपाल टेलिकमका वरिष्ट ई. शत्रुधन कुमार यादव, नेपाल बैंक लिमिटेडका प्रमुख कमलेश कुमार यादव, श्याम मैनाली र नेपाल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरी चयन  भएका छन् ।

मिलन केन्द्रका संरक्षक रहनु भएका  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सिर्जनशील र रचनात्मक कार्यमा केन्द्रले योगदान गर्नु पर्ने चर्चा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गरेका छन्। 

प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले मनोरञ्जनात्मक पद गीतिलय प्रस्तुत गरेका थिए । जिल्ला समन्वय अधिकारीले मधुर स्वरमा गीत गाउनु भएको थियो ।कार्यक्रममा नव गठित कार्य समितिलाई अविर, माला र गमछाले बधाई तथा शुभकामना दिएका थिए  ।कार्यक्रममा केन्द्रको तर्फबाट सेवा निवृत लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहालाई कदर पत्र प्रदान गरिएको थियो ।

यसैगरी, केन्द्रका सल्लाहकार माननीय न्यायाधीश ध्रुव कुमार पिया, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहसचिव विशाल घिमिरे, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप अनुसन्धान निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋद्रिनाथ निरौला लगायतलाई दोसल्ला, अविर र मालाले सम्मान गरिएको थियो। 

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले संचालन गरेको कार्यक्रममा जिल्ला भरिका सरकारी तथा अर्ध सरकारी कार्यालयका प्रमुख÷ कर्मचारीहरूको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।