बिर्तामोड / सुनसरीको इनरुवा नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ  गरेको छ । लागूऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ वर्षीय मिथुन कुमार यादव र १९ वर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ९६ ग्राम लागूऔषध ब्राउनसुगर तथा लागूऔषध ओसार पसारमा प्रयोग गरिएको  बि आर ३८ एस ०६२३ भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।