काठमाडौं / प्रतिनिधिसभामा आइतबार सार्वजनिक लेखा समितिको एक्काईसौँ वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ । प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काईसौँ वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । 

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यसूची अघि बढाएका छन् ।