काठमाडौं / प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ’सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए ।

OM Sai Pathibhara Hospital

प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल बुधबार बस्ने बैठकमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने छ । एमालेको अवरोधकाबीच महाअभियोग प्रस्ताव छलफलका लागि पेश गरिएपछि आइतबारको बैठक सकिएको हो ।

प्रधानन्यायाधीश राणा विरुद्ध यहि फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । राणाविरुद्ध सत्ता गठबन्धनमा सहभागी दलहरुले महाअभियोग प्रस्ताव ल्याएका हुन् ।