काठमाडौं / नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका छन् ।

कानून व्यवसायीहरूको साझा संस्था नेपाल वार एशोसिएसनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।