बिर्तामोड / मोरङको सुन्दरहरैचा-७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिँदै उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।
शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।
यौनाङ्गमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा-७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।