काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने भएको हो ।

बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताईएको छ । जसपा संघीय परिषद्को पहिलो बैठक शनिबार सम्पन्न भएको थिए । सो बैठकमा परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिन लागेको छ ।