विराटनगर / प्रहरीले मोरङको केराबारीबाट ६५ किलो गाँजासहित धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राईलाई पक्राउ गरेको छ । को २३ प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताएका छन् ।
इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका-७ मुगुटोलबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागूऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको मुकारुङले बताएका छन् ।