बिर्तामोड / वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरू समेत एमाले प्रवेश गरेका छन् । ठूलो सहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।