काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावबारे संसद्‌मा छलफल हुने भएको छ ।महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्‌ बैठकमा छलफल प्रक्रिया अघि बढ्ने भएको हो ।

फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने तय भएको छ । संसद्को आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

OM Sai Pathibhara Hospital

जबराविरुद्ध फागुन १ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा तीनवटै दलका ९५ जना सांसद्हरुले समर्थन जनाएका छन् ।