बिर्तामोड / जर्मनीबाट फर्किएका बिर्तामोडका एक युवक अर्धनग्न अवस्थामा मृत भेटिएका छन । झापा बिर्तामोड ५ मित्र नगरका २८ वर्षीय चिरन्जिवी दाहाल घरको बन्द कोठाभित्र मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यलय बिर्तामोडले जनाएको छ ।

करिब १२ बजे मामलकी हजुरआमालाई टिभी खोलिदिएर निस्किएका दाहाल केही समय पछि नदेखिएपछि कोठा ढकढक्याउँदा कम्मर माथी नग्न अवस्थामा रगत्याम्म अवस्थामा पाइएको दाहालकी हजुरआमा रुकमिना पौडेलले बताएकी छिन् ।

OM Sai Pathibhara Hospital

दाहाल केही हप्ता अघिमात्र जर्मनीबाट घर आएका थिए भने घटनास्थलमा भान्साकोठामा प्रयोग हुने छुरी फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा कानूनी प्रकृयाको काम भैरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् ।