काठमाडौं / नेपालका लागि बङ्गलादेशका राजदूत सलाउदद्धिन नोमन चौधरी र प्रधानसेनापति प्रभुराम शर्माबीच बुधबार भेटवार्ता भएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ । जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाट दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।